दफा ७३
नेपाल सरकारले निर्देशन दिन सक्ने
यो ऐनको कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकारले नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकायको कर्तव्य हुनेछ ।